२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाका सम्बन्धमा जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीलाई बयान लिन बोलाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले बुधबारै सोधपुछका लागि प्रश्न तयारी पूरा गरेका छन्। यसअघि मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग बयान लिइसकिएको थियो।

खापुङ आन्दोलनका बेला नेपाल प्रहरीको महानिरीक्षक थिए र २३ गतेको हिंसात्मक दमनका कारण आलोचित पनि भएका थिए। आयोगले पहिले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। खापुङले समयमै आवश्यक विवरण पठाए पनि बिहीबारको बयान उनको भूमिकामा केन्द्रित हुनेछ।

त्यसैगरी, गृहसचिव रहेका दुवाडीको भूमिका पनि आयोगले कडा दृष्टिले हेर्दै विदेश यात्रा र उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएपछि बयान लिने तयारी गरेको हो। दुवाडी अन्तरिम सरकारले असोज ७ गते सरुवा भएका थिए र हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।

आयोगले खापुङ र दुवाडीको बयानपछि वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि बोलाउने तयारी गरेको छ। यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने योजना रहेको छ।

 प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने संकेत गरिसकेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय