२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाका सम्बन्धमा जाँचबुझ आयोगले बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीलाई बयान लिन बोलाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वर प्रसाद भण्डारीले बुधबारै सोधपुछका लागि प्रश्न तयारी पूरा गरेका छन्। यसअघि मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग बयान लिइसकिएको थियो।

खापुङ आन्दोलनका बेला नेपाल प्रहरीको महानिरीक्षक थिए र २३ गतेको हिंसात्मक दमनका कारण आलोचित पनि भएका थिए। आयोगले पहिले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। खापुङले समयमै आवश्यक विवरण पठाए पनि बिहीबारको बयान उनको भूमिकामा केन्द्रित हुनेछ।

त्यसैगरी, गृहसचिव रहेका दुवाडीको भूमिका पनि आयोगले कडा दृष्टिले हेर्दै विदेश यात्रा र उपत्यकाबाहिर जान प्रतिबन्ध लगाएपछि बयान लिने तयारी गरेको हो। दुवाडी अन्तरिम सरकारले असोज ७ गते सरुवा भएका थिए र हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।

आयोगले खापुङ र दुवाडीको बयानपछि वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि बोलाउने तयारी गरेको छ। यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने योजना रहेको छ।

 प्रधानमन्त्री ओलीले आयोगमा बयान दिन नजाने संकेत गरिसकेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय