२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

चितवन प्रहरीले विशेष छापामार्फत १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइनसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भई चितवनमा बसोबास गर्ने १९ वर्षे अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, २३ वर्षीया आईपा खातुन, २१ वर्षीय सरोज तामाङ, २४ वर्षीय वसन नेपाली, ३२ वर्षीय मनोज बि.क, र ३६ वर्षीय भिम बहादुर तामाङ रहेका छन्।

विशेष टोलीका इन्चार्ज असई हरि भट्टराईको नेतृत्वमा मंगलबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका वडा नं. १० लाहुरेटोलमा लागु औषध बिक्री–वितरण र ओसारपसार भइरहेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

जाँचका क्रममा पक्राउ परेकाहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई लागू औषधसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय