२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी ११औँ महाधिवेशनमा पुनः अध्यक्ष बन्ने सम्भावना खुला रहेको बताएका छन्। प्रेस चौतारी नेपालले काठमाडौंमा गरेको ‘सम्पादकहरूसँगको संवाद’ कार्यक्रममा बोल्दै उनले सहमति बनी आएमा वा महाधिवेशन प्रतिनिधिले विश्वास दिएमा आफू नेतृत्व सम्हाल्न तयार रहेको स्पष्ट पारे।

ओलीका अनुसार महाधिवेशनले नेतृत्वमा ‘क्रमिक पुस्तान्तरण’ को संकेत दिनेछ। उनले आफू कुनै दबाबमा नपरी नेतृत्वमा रहने–नबस्ने निर्णय लिने बताउँदै, सहमतिका लागि पार्टीभित्रै छलफलमा बस्न वरिष्ठ नेता ईश्वर पोखरेललगायतलाई संकेत गरे।

पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई जनअपेक्षाअनुसार अघि बढिरहेको र ‘देश बनाउने पार्टी’ को रूपमा काम गरिरहेको दाबी पनि गरे। उनले एमालेलाई कमजोर ठानेकाहरूलाई यही मंसिर २७ गते भक्तपुर, सल्लाघारीमा हुने उद्घाटन सत्रमै आएर वास्तविक हैसियत हेर्न चुनौती दिए।

यसैबीच, ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग हालैको भेटमा संसद् पुनःस्थापनाबारे पनि चर्चा भएको जानकारी दिए। भदौ २३–२४ का घटनापछि गठन गरिएको जाँचबुझ आयोगमा आफूले बयान दिन नपर्ने कानुनी व्यवस्था रहेको उनको जिकिर छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुने छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय