२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सहकारी ठगी मुद्दामा कारागारमा रहेका रवि लामिछानेको विषयमा वर्तमान सरकारको धारणा बुझ्ने प्रयास भइरहेको बताएका छन्।

शुक्रबार रास्वपा कर्णाली प्रदेशद्वारा आयोजना गरिएको राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी भएर पत्रकारसँग कुराकानी गर्दै अर्यालले भने, “हिजो पेसी स्थगित भएको छ। हाम्रो कानूनी समूहले काम गरिरहेको छ। तत्कालीन सरकारले प्रतिशोधको रूपमा मुद्दा चलाएको थियो। अहिलेको सरकारको वास्तविक धारणा के हो भन्ने बुझ्ने काम भइरहेको छ। ४० लाख नागरिकले हस्ताक्षर गरेका विषयमा सरकारले के कदम चालिरहेको छ भनेर पनि हामी बुझ्दै छौं।”

अर्यालले चुनावअघि पार्टीको मुद्दा र एजेन्डा मिल्ने शक्तिहरूसँग एकता गर्ने विषयमा पनि कार्यदल सक्रिय रहेको बताए। उनले रास्वपाको दृष्टिले मुद्दा न्यायिक प्रक्रियामा पारदर्शिता र निष्पक्षताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय