२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या | निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा | मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिदा, ३८ जना घाइते |

प्रदर्शनीमार्गमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनका कारण क्याम्पसको पठनपाठनमा परेको असरबारे प्रतिक्रिया दिएकी नेपाल ल क्याम्पसकी विद्यार्थीमाथि आक्रमण प्रयास भएको खबर सार्वजनिक भएको छ।

नेपाल ल क्याम्पसकी विद्यार्थी सोनी अधिकारीले महाधिवेशन र त्यसले शैक्षिक गतिविधिमा पारेको प्रभावको विषयमा क्याम्पस बाहिर पत्रकारका प्रश्नको जवाफ दिँदै गर्दा आफूले महसुस गरेको कुरा खुलेर व्यक्त गरेकी थिइन्। त्यसपछि केही अराजक समूहले उनीमाथि सामूहिक आक्रमणको प्रयास गर्दै क्याम्पस परिसरभित्रसम्म लखेटेको बताइएको छ। आक्रमणबाट जोगिन उनी लामो समय क्याम्पसभित्र लुकेकी थिइन् भने घटनाका क्रममा बेहोस समेत भएको जानकारी प्राप्त भएको छ।

यस घटनापछि नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव मनोमोहन भट्टले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। विज्ञप्तिमा स्ववियु नेपाल ल क्याम्पस सधैँ प्रजातान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता, विद्यार्थी एकता तथा विद्यार्थीको सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा बहुदलीय गणतान्त्रिक व्यवस्थामा राजनीतिक दलका महाधिवेशन नियमित प्रक्रिया भएको स्वीकार गर्दै पार्टीगत आस्थाका नाममा विद्यार्थीको स्वतन्त्र अभिव्यक्तिमाथि आक्रमणको प्रयास हुनु अलोकतान्त्रिक, अराजक र निन्दनीय कार्य भएको उल्लेख गरिएको छ।

स्ववियुले घटनासम्बन्धी क्याम्पस परिसरभित्र र बाहिर रहेका सिसिटिभी फुटेज संकलन गरी सुरक्षा निकायसँग समन्वय गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ। साथै, कानुनी शिक्षाको मातृ संस्था नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको अभिव्यक्ति स्वतन्त्रतामाथि भएको प्रहारलाई गम्भीर रूपमा लिइएको जनाइएको छ।

क्याम्पस नजिकै प्रदर्शनी स्थल रहेकाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था मिलाउन पनि स्ववियुले जोडदार माग गरेको छ। यदि घटनामाथि स्वतन्त्र र निष्पक्ष छानबिन नभएमा स्ववियु नेपाल ल क्याम्पसले थप कडा र ठोस कदम चाल्ने चेतावनीसमेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय