२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गराएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्वमाओवादी नेताको रूपमा चिनिने विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोपमा ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु टोलीले नियन्त्रणमा लिएको हो। यसअघि पनि सोही कार्यालयले सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई पक्राउ गरिसकेको थियो।

पक्राउ पर्नेमा झापाको भद्रपुर–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान–५ का ३० वर्षीय सुशील श्रेष्ठ (ब्राउन) थिए। प्रारम्भिक बयानका क्रममा ती युवकहरूले अरूको उक्साहटमा घटनास्थल पुगेको बताएका थिए।

प्रहरी स्रोतका अनुसार, घटनापूर्व र घटनापछि ढुंगेल र ती युवकबीच सम्पर्क रहेको प्रमाण पाएपछि उनलाई पक्राउ गरिएको हो। घटनापछि ढुंगेल लामो समय सार्वजनिक सम्पर्क बाहिर रहेका थिए।

पक्राउसँगै अनुसन्धान अझ गहिरो बनाउने तयारी भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास तीव्र भएको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय