२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कडा आचारसंहिता प्रस्ताव गरेको छ। चुनावी प्रचारप्रसारलाई सीमित, मर्यादित र व्यवस्थित बनाउन आयोगले झण्डा प्रयोगदेखि प्रचारका माध्यमसम्ममा नयाँ व्यवस्था अघि सारेको हो।

प्रस्तावित आचारसंहिता अनुसार राजनीतिक दल वा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा तथा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। अत्यधिक झण्डा प्रयोगबाट हुने दुरुपयोग रोक्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगले दल वा उम्मेदवारको कार्यालयमा भने तीन गुणा चार फिटको साइजसम्मको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाउने व्यवस्था गरेको छ। तर प्रचारप्रसारका नाममा डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउने वा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ। दल वा उम्मेदवारको नाम र चिन्ह उल्लेख गरिएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न अनुमति दिइने प्रस्ताव छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढी सहभागी भएर जुलुस निकाल्न नपाइने व्यवस्था गरिएको छ। साथै प्रचारमा बाजागाजा बजाउने वा झाँकीसहित हिँडडुल गर्नसमेत निषेध गर्ने तयारी आयोगले गरेको छ।

अनलाइन तथा अन्य माध्यममार्फत प्रचारमा पनि कडाइ गरिएको छ। टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर, बैंकका एटिएम, काउन्टर, सडक नाटक लगायत कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने प्रस्ताव गरिएको छ। तर दल वा उम्मेदवारले एउटामात्रै निजी तथा आधिकारिक वेबपेजमा आफ्नो प्रचार सामग्री राख्न सक्नेछन्।

यसैगरी सार्वजनिक स्थानमा झण्डा वा चुनाव चिन्हको तोरण बनाउने, भित्तेलेखन गर्ने तथा चारपाङ्ग्रे वा दुईपाङ्ग्रे सवारीसाधन, ठेलागाडा, रिक्सा लगायत प्रयोग गरी र्‍याली वा प्रचार गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ।

निर्वाचन आयोगका अनुसार यी प्रावधानहरू निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले ल्याइएको आचारसंहिताको हिस्सा हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय