२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातसम्म चलेको भेटवार्ता सकारात्मक वातावरणमा सम्पन्न भएको नेताहरूले बताएका छन्।

सोमबार राति काठमाडौँस्थित रास्वपा नेता असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा दुवैबीच करिब छ घण्टा छलफल भएको हो। भेटपछि रवि र बालेन एउटै गाडीमा सँगै बाहिरिएको दृश्यले पनि वार्ताको सौहार्दपूर्ण स्वरूपलाई संकेत गरेको छ।

भेटवार्तामा सहभागी असिम साहका अनुसार छलफल शान्त र मैत्रीपूर्ण वातावरणमा भएको थियो। यद्यपि छलफलमा उठेका ठोस विषय सार्वजनिक नगरिए पनि राजनीतिक सहकार्य, आगामी दिनमा मिलेर अघि बढ्ने आवश्यकता र समन्वयका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ। पछिल्लो समय देखिएको राजनीतिक दूरी कम गर्ने प्रयासका रूपमा पनि यस भेटलाई हेरिएको छ।

भेटको समन्वय गरेका असिम साहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।”

नेताहरूका अनुसार वार्ताले आगामी दिनमा राजनीतिक संवाद र सहकार्यको सम्भावनालाई थप बल दिएको छ, यद्यपि त्यसको औपचारिक स्वरूपबारे भने कुनै जानकारी सार्वजनिक गरिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय