२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । नेपाल र चीनबीच ऐतिहासिक रूपमा विकसित सम्बन्ध, सहकार्य र पारस्परिक समझदारीलाई निरन्तरता दिने विषयमा समेत ध्यानाकर्षण गरिएको बताइएको छ ।

बिदाइ भेटका अवसरमा राष्ट्रपति पौडेलले राजदूत छन् सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, उहाँले नेपाल–चीन सम्बन्धलाई अघि बढाउन राजदूतले पुर्‍याएको योगदानको कदरसमेत गर्नुभएको जनाइएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय