२०८३ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

युक्रेनमाथि रुसले गरेको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस शान्ति चाहँदैन भन्ने स्पष्ट भएको बताएका छन्। किभमाथि भएको आक्रमणपछि शान्ति वार्ताका लागि अमेरिका जानुअघि शनिबार उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

जेलेन्स्की आइतबार अमेरिकाको फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा अमेरिका र युक्रेनका अधिकारीहरूले तयार पारेको २० बुँदे शान्ति प्रस्तावमाथि छलफल हुने बताइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार किभमा करिब १० घण्टासम्म चलेको मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

युक्रेनका विकास मन्त्री ओलेक्सी कुलेबाका अनुसार ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि किभ र आसपासका क्षेत्रमा करिब ४० प्रतिशत आवासीय भवनमा ‘हिटिङ’ सेवा ठप्प भएको छ।

जेलेन्स्कीले टेलिग्राममार्फत रुसले किभतर्फ करिब ५०० ड्रोन र ४० मिसाइल प्रहार गरेको जानकारी दिएका छन्। उनका अनुसार आक्रमणमा ऊर्जा पूर्वाधार र सर्वसाधारण नागरिकसँग सम्बन्धित स्थानलाई निशाना बनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय