२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची टुंग्याएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बन्दसूची पारित गर्दै आज निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई बैठकले सुझावसहित अनुमोदन गरेको छ। जिल्लाःप्रदेशबाट आएका सिफारिसका आधारमा सूची तयार पारिएको र आवश्यक परे अध्यक्षले सच्याउन सक्ने गरी आयोगमा दर्ता गरिने निर्णय भएको उनले बताए।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँगको भेटमा निर्वाचनको वातावरण बनाउनुपर्ने विषय उठाएको तर बाहिर त्यसलाई तोडमोड गरेर प्रस्तुत गरिएको बताएका छन्।

ओलीले संसद् पुनर्स्थापनाका लागि दबाब कायम राख्नुपर्ने र निर्वाचन भए बुथ सुरक्षाका लागि एमालेको स्वयंसेवक फोर्स तयारी अवस्थामा राख्नुपर्नेमा पनि जोड दिएका छन्।

उपमहासचिव भट्टले रास्वपा र बालेनबीचको सहमतिमा स्पष्ट विचार र सिद्धान्त नदेखिएको उल्लेख गर्दै लेनदेनमा आधारित सम्झौता कति समय टिक्छ भन्ने प्रश्न उठाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय