नेकपा (एमाले)ले पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बिहान ९ बजे भृकुटीमण्डपमा रहेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमै बैठक बस्नेछ।
बैठकमा पार्टी विधान संशोधनका विषयसँगै समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल हुने जनाइएको छ। केन्द्रीय समिति बैठक तय भएकै कारण बिहान ८ बजेका लागि तोकिएको महाधिवेशनको बन्दसत्रको समय सारेर दिउँसो साढे १२ बजेका लागि पुनः निर्धारण गरिएको गौतमले बताए।
शनिबारदेखि सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट बन्दसत्रमा प्रवेश गर्दैछ। यस महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउनेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
