२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कुन–कुन राजमार्गमा रोकियो यातायात ? | बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! |

झापा, १२ माघ । झापा निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी अभियानलाई तीव्र पारेको छ। यसै क्रममा सोमबार बिहान दमक–९ मा आयोजित घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ भने दिउँसो कमल गाउँपालिकामा कार्यक्रम तय गरिएको छ।

दमक–९ स्थित उराव बस्तीबाट सोमबार बिहान ८ बजे सुरु भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो। पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै परिक्रमा गरेको र्‍याली पुनः उराव बस्तीमै पुगेर ११ बजे समापन भएको थियो।

कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या र सुझावहरू सङ्कलन गरेका थिए। मतदाताको सक्रिय सहभागिताले अभियानलाई थप ऊर्जा मिलेको पार्टीको चुनाव प्रचार–प्रसार सचिवालयले जनाएको छ।

दिउँसो कमल गाउँपालिकामा घरदैलो

रास्वपाले आजै दिउँसो ३ बजेदेखि कमल गाउँपालिका–५ मा पनि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। पाडाजुगी चोकबाट सुरु हुने उक्त कार्यक्रम गुह्येश्वरी टोल, टुक्रे, सशस्त्र चेकपोस्ट, पाथीभरा टोल र अम्बिका चोक हुँदै मङ्गलवारे बजारमा पुगेर समापन गरिने कार्यपालिका रहेको छ। उक्त कार्यक्रममा पनि पार्टीका नेताहरू तथा प्रचार–प्रसार सचिवालयको नेतृत्व रहने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय