२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिमा विशेष चासोको केन्द्र बनेको छ। ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरिएका दुई प्रभावशाली नेताहरू एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि यहाँको राजनीतिक प्रतिस्पर्धा थप चर्किएको हो।

झापा–५ मा कूल १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन्। यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पनि यही क्षेत्रबाट निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्।

एमालेले ओलीलाई पुनः ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सार्दै चुनावी अभियान तीव्र बनाएको छ। उता, रास्वपाले पनि बालेनलाई ‘भावी प्रधानमन्त्री’को दाबेदारका रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उतारेको छ। दुई सम्भावित प्रधानमन्त्री उम्मेदवार एउटै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि झापा–५ को राजनीतिक माहोल थप तातिएको छ।

भौगोलिक रूपमा झापा–५ मा कमल गाउँपालिकाका ७ वडा, गौरादह नगरपालिकाका ८ वडा, गौरीगञ्ज गाउँपालिकाका ४ वडा तथा दमक नगरपालिकाका १० वडा समावेश छन्। ठूलो मतदाता संख्या र उच्च राजनीतिक दाउपेचका कारण यो क्षेत्र निर्वाचनको निर्णायक र चर्चित केन्द्रका रूपमा हेरिएको छ

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय