२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ |

सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेका छन्। घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो। दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। बुधबार बिहान करिब पौने ५ बजे जिप दुर्घटनामा परेको हो।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी कपुरकोट, गाउँ प्रहरी तथा जनप्रतिनिधि उद्धार कार्यमा खटिएका थिए। दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि तुलसीपुर पठाइएको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

घाइतेहरूको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा जिप करिब दुई सय मिटर तल खसेको बताइएको छ। घाइतेमध्ये एक जनाले दुर्घटनाबारे जानकारी गराएपछि घटना थाहा भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय