२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार)देखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्नेछन्। निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल, उम्मेदवार र अन्य सरोकारवालाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचार–प्रसार गर्नुपर्ने जनाइएको छ। यस अवधिमा राजनीतिक दलका उम्मेदवारले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको खण्डमा राजनीतिक दल तथा उम्मेदवारलाई पत्र काटेर स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।

आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक छलफलपछि तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ। सबै राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको जानकारी दिनुभयो। उल्लङ्घनकर्तालाई स्पष्टीकरण सोधिने र प्रमाण तथा अवस्थाअनुसार सचेत, दण्डजरिवाना वा उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो।

दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार–प्रसार गर्न सक्नेछन्। आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ।

निर्वाचनको समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय