२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार बेलुका गोली प्रहार गरी एक इन्जिनियरको हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवलाई आइतबार बेलुका करिब ८ बजेतिर मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन्। उहाँको घर सिराहाको सुखीपुर नगरपालिका–६ वैशाखा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इन्जिनियर यादव आइतबार दिउँसो मात्र आफ्ना बुवाको निधनपछि काजकिरिया सकेर मलङ्गवा फर्किनुभएको थियो। “उहाँको बुवा बितेपछि काम सकेर आइतबार दिउँसो २/३ बजेतिर मात्र मलङ्गवा आएको भन्ने बुझिएको छ,” सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले भन्नुभयो, “घरबाट फर्किएलगत्तै घटना भएको देखिन्छ। यसबारे थप बुझ्ने काम भइरहेको छ।”

स्थानीयका अनुसार मोटरसाइकलमा आएका दुई जना व्यक्तिले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका थिए। उहाँको छातीमा गोली लागेको थियो।

घटनास्थलबाट गोलीको एक थान खोका बरामद भएको एसपी खड्काले जानकारी दिनुभयो। सानो हतियार (पेस्तोल) बाट गोली प्रहार भएको प्रारम्भिक अनुमान गरिएको छ।

गोली प्रहारपछि कोठा गरेर बसेको घरको बरण्डामा ढलेका यादवलाई प्रहरी टोलीले प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो। हाल उहाँको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।

घटनाको कारण खुलेको छैन। “उहाँमाथि कार्यालयसम्बन्धी कुनै विषय वा पारिवारिक कारणले गोली प्रहार भएको हो भन्ने खुल्न सकेको छैन,” एसपी खड्काले भन्नुभयो, “आज (सोमबार) उहाँको श्रीमती र परिवारसँग कुराकानी गरेपछि थप विषय खुल्दै जान सक्छ।”

इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आउनुभएको थियो।

घटनापछि मलङ्गवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रातभर अभियुक्तको खोजी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो।

मलङ्गवा नेपाल–भारत सीमासँग नजिक भएकाले घटनामा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशङ्का गरिएको छ। प्रहरीले घटनास्थल वरपरका सिसिटिभी फुटेज सङ्कलन गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।

गोली लागेर ढलेका इन्जिनियर प्रमोदकुमार यादव । तस्बिर : जनार्जन खत्री

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय