२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले हालसम्म प्राप्त विवरणका आधारमा वर्गीकरण गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार जेनजी प्रदर्शनका क्रममा घाइते भएका कुल दुई हजार ५९९ जनामध्ये हालसम्म दुई सय जनाको वर्गीकरण विवरण प्राप्त भएको छ।

उनका अनुसार गत कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ जना र माघमा एक जनाको मात्र वर्गीकरण भएको छ। जिल्ला प्रशासन कार्यालयले घाइतेको विवरण पठाउनुपर्ने भए पनि पटकपटक सूचना जारी गर्दा पनि घाइतेहरू सम्पर्कमा नआएको जानकारी आएको उनले बताए।

प्रवक्ता बुढाथोकीका अनुसार सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण तथा नयाँ विवरण सङ्कलन गर्ने काम निश्चित अवधि तोकेर अगाडि बढाइनेछ। सामान्य घाइतेलाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि धेरैजना सम्पर्कमा नआएको हुनसक्ने मन्त्रालयको बुझाइ छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय