२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

मुगुको कार्मारोङ गाउँपालिका–२ स्थित मुगाल बस्तीका बासिन्दालाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न सकस हुने भएको छ। बर्सेनि चिसो छल्न कात्तिक अन्तिम सातादेखि वैशाखसम्म गाउँ छाडेर बेँसी झर्ने परम्पराका कारण उनीहरूलाई मतदान केन्द्रसम्म पुग्न कठिन हुने देखिएको हो।

विगतका निर्वाचनहरू प्रायः वैशाख वा जेठमा हुने भएकाले अस्थायी बसोबासबाट गाउँ फर्किएर मतदान गर्न सहज हुने गरेको थियो। तर यसपालि फागुनमै निर्वाचन तय भएकाले मतदान केन्द्रसम्म पुग्न समस्या हुने स्थानीयहरू बताउँछन्।

मुगाल बस्तीका करिब ३०० घरधुरी कात्तिक अन्तिम साता नै घरमा ताला लगाएर सिरानीचौर, सदरमुकाम गमगढी, जुम्ला र काठमाडौँसम्म बसाइँ सर्ने गर्छन्। हाल गाउँ सुनसान छ। गाउँको गुम्बामा पूजा गर्न एक जना लामा गुरु मात्र पुग्ने गरेका छन्, उनी पनि दुई घण्टा टाढाको सिरानीचौरबाट आउजाउ गर्छन्।

स्थानीयका अनुसार मतदानका लागि सिरानीचौरबाट दुई घण्टा, सदरमुकाम गमगढीबाट दुई दिन र जुम्लाबाट तीन दिन लगाएर गाउँ पुग्नुपर्ने बाध्यता छ। “वैशाखमा निर्वाचन भएको भए सबै गाउँले गाउँ पुगिसकेका हुन्थे, तर फागुनमा मतदाताहरू मतदान गर्न जान सक्ने अवस्था न्यून छ,” कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष च्यावा तामाङ ले बताए।

आर्थिक भार पनि अर्को समस्या बनेको छ। सदरमुकाम गमगढीबाट आउँदा–जाँदा प्रतिव्यक्ति करिब तीन हजार रुपैयाँ र जुम्लाबाट आउँदा १० हजार रुपैयाँभन्दा बढी खर्च हुने स्थानीयको भनाइ छ। एकै घरका तीन–चार जना मतदान गर्न जाँदा ३० हजार रुपैयाँभन्दा बढी खर्च हुने भएकाले धेरै मतदाता नआउने आशंका गरिएको छ।

उक्त मतदान केन्द्रमा कुल ६०९ मतदाता रहेका छन्, जसमा ३३८ पुरुष र २७१ महिला छन्। स्थानीय कार्मा तामाङ का अनुसार गाउँबाहिर रहेका मतदातालाई मतदान केन्द्रसम्म कसरी पुग्ने भन्ने चिन्ताले सताएको छ। गाउँमा मानिस नभएकै कारण राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरू समेत त्यहाँ पुग्न सकेका छैनन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय