२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको सुरक्षालाई ध्यानमा राख्दै भोलेन्टियर फोर्स गठन गरिएको बताएका छन्। दमकमा आयोजित कार्यक्रममा बोल्दै उनले ‘नेसनल भोलेन्टियर फोर्स’ केवल चुनावका लागि मात्र नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि तयार गरिएको स्पष्ट पारे।

अध्यक्ष ओलीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे। आन्दोलनको नाममा विगतमा जस्तै देश जलाउने वा प्रहरीको हतियार खोस्ने गतिविधि अब सह्य नहुने उनको दाबी थियो।

उनका अनुसार नेसनल भोलेन्टियर फोर्स राष्ट्रको हितमा समर्पित रहनेछ र आवश्यक पर्दा प्रहरी प्रशासनलाई सहयोग गर्नेछ। उनले एमाले शान्तिपूर्ण निर्वाचनका लागि प्रतिबद्ध रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले कोशी प्रदेशस्तरीय नेशनल युथ फोर्स पनि गठन गरेको जानकारी दिए। साथै, देशभरका जिल्लाका सदरमुकामहरू सडक सञ्जालमा जोडिसकिएको दाबी समेत गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय