२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

 मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख. ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर र कटारी नगरपालिका–२ की ६० वर्षीया सोममाया परियारको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन भण्डारीको कमान्डमा १३ जना र अस्थायी प्रहरी पोस्ट सङ्गमचोकबाट प्रहरी सहायक निरीक्षक तिलक पौडेलको नेतृत्वमा ६ जनाको टोली उद्धारमा खटिएको थियो।

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको छ। चालक कटारी नगरपालिका–४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घाइतेहरूको नामावली:

१. मणिका मगर (२२), त्रियुगा नपा–११ (सामान्य)
२. अनिता चौधरी (३५), कटारी नपा–४ (शरीरका विभिन्न भागमा चोट)
३. सोममाया मगर (७३), उदयपुरगढी गापा–७ (गम्भीर)
४. प्रकाश भुजेल (४०), ताप्ली गापा–५ (शरीरका विभिन्न भागमा चोट)
५. रेशिका बस्नेत (२१), त्रियुगा नपा–७ (सामान्य)
६. तिलक बस्नेत (१७), रौतामाई गापा–७ (सामान्य)
७. दिपेश तामाङ (१०), उदयपुरगढी (सामान्य)
८. पवित्रा श्रेष्ठ (१९), कटारी नपा–४ (सामान्य)
९. रेश्मा बस्नेत (२०), त्रियुगा नपा–५ (सामान्य)
१०. सोममाया परियार (६०), कटारी नपा–२ (गम्भीर)
११. नितेश बुढाथोकी (२७), कटारी नपा–३, सहचालक (सामान्य)
१२. दल बहादुर तामाङ (७८), कटारी नपा–५ (शरीरमा चोट)
१३. प्रेम तामाङ (१५), कटारी नपा–४ (सामान्य)
१४. सुवास नेपाली (२८), ताप्ली गापा–५ (सामान्य)
१५. सुजन तामाङ (१५), कटारी नपा–४ (सामान्य)

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय