२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले आफ्नो पार्टीको सरकार बने देशको “दुर्गन्धित राजनीति” अन्त्य गर्ने बताएका छन्। उनले १८ वर्षदेखिको लोडसेडिङ एक महिनामै अन्त्य गरिएको उदाहरण दिँदै त्यस्तै गरी राजनीतिक विकृति हटाउने दाबी गरे।

सोमबार धरानमा आयोजित उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “जसरी लोडसेडिङ अन्त्य गरियो, त्यसैगरी देशको दुर्गन्धित राजनीति पनि अन्त्य गर्छु, साथ दिनुस्।”

घिसिङले देशमा पारदर्शी र इमानदार नेतृत्व स्थापित गर्न बिचौलिया तन्त्रको अन्त्य आवश्यक रहेको बताए। जेनजी आन्दोलनको जगमा बनेको उज्यालो पार्टीले मात्र देशलाई सही दिशामा लैजान सक्ने उनको भनाइ थियो।

अँध्यारो र भ्रष्ट व्यवस्थाको अन्त्य गर्ने अभियानको जिम्मेवारी उज्यालो पार्टीले लिएको उनले बताए। “उज्यालो पार्टी बोल्ने होइन, काम गर्ने पार्टी हो,” उनले भने, “लघुवित्त, मिटरब्याजी, भूमिहीन र सुकुम्बासी समस्या अन्त्य गर्नु हाम्रो लक्ष्य हो।”

सरकारमा पुगेको एक वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने तथा ‘एक घर एक धारा’ अवधारणा लागू गर्ने उनले प्रतिबद्धता जनाए।

नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै विद्युत् निर्यात गर्ने योजना सुनाउँदै उनले भविष्यमा इन्धनका रूपमा हाइड्रोजन उत्पादनको सम्भावना रहेको बताए।

“नेपालको स्वच्छ पानी बोतलमा भरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी आर्थिक क्रान्ति गर्ने सोच छ,” उनले भने।

जलविद्युत् उत्पादनमार्फत गरिबी निवारण र रोजगारी सिर्जना गर्न उज्यालो नेपालको सरकार बनाउन सहयोग गर्न उनले मतदातासँग आह्वान गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय