२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट सिफारिस भई आएका आधारमा ती कम्पनीमाथि यस्तो निर्णय गरिएको जनाएको हो।

कार्यालयका अनुसार जिम्मा लिएको काम तोकिएको समयमा पूरा नगरेपछि ती कम्पनीलाई कारबाही गरिएको हो। सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उनीहरूलाई कालोसूचीमा समावेश गरिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण कम्पनीलाई ६ महिनादेखि १ वर्षसम्मको अवधिका लागि प्रतिबन्ध लगाइएको छ।

यस अवधिभर ती निर्माण कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया वा ठेक्का सम्बन्धी कारबाहीमा सहभागी हुन पाउने छैनन्।

कार्यालयले सार्वजनिक खरिद ऐनअनुसार तोकिएको मापदण्ड पूरा नगर्ने र सम्झौता अनुसार काम सम्पन्न नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गरिने स्पष्ट गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय