२०८३ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गएको छ। दुर्घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुधबार बिहान भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय सञ्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिएका छन्।

हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ।

दुर्घटनापछि फरार भएको ट्रकलाई पर्साको वीरगञ्ज महानगरपालिका–१३ पर्तिमाचोकस्थित एक ग्यारेजबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय अनिल साह फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय