२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन |

माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढ्दो छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँ राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन् ।

निर्वाचनको माहोल सुरु हुँदा अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो । अहिले पनि चिसो कायमै छ । हाल माथिल्लो मुस्ताङमा तापक्रम माइनस १० डिग्रीमा रहेको छ भने तल्लो मुस्ताङमा माइनस ३ डिग्रीसम्म झरेको छ । मौसम प्रतिकूल भए पनि चुनावी गतिविधि भने रोकिने अवस्था छैन । तल्लो मुस्ताङको घाँसादेखि नेपाल–चीन सिमानास्थित कोरलासम्म निर्वाचनको माहोल तातेको छ ।

जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ राजनीतिक दलमध्ये छ दलले प्रचार–प्रसारलाई विशेष तीव्रता दिएका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीउज्यालो नेपाल पार्टी का उम्मेदवार घरदैलो कार्यक्रममा सक्रिय छन् । मङ्गोल नेपाल अर्गनाइजेसन र आम जनता पार्टीले पनि आफ्नो प्रचार अभियान सञ्चालन गरिरहेका छन् ।

जाडो छल्न बेंसी झरेका अधिकांश मतदाता अझै जिल्ला फर्किएका छैनन् । केही भने हिमालतर्फ उक्लिन थालेका छन् । मतदातालाई फर्काउन दल र उम्मेदवारहरूले विभिन्न पहल गरिरहेका छन् ।

उम्मेदवारहरूले पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र समग्र विकासलाई प्राथमिक एजेन्डा बनाएका छन् । नेपाल–चीन उत्तरी कोरलानाकामा भन्सार, अध्यागमन र एकीकृत सुरक्षा पोस्ट निर्माण, कोरलानाका हुँदै तिब्बतको मानसरोवरसम्म पर्यटन मार्ग विस्तार, माथिल्लो मुस्ताङको निषेधित क्षेत्र खारेजी, कृषि आधुनिकीकरण, खेर गइरहेका जमिनको व्यवस्थापन, गुणस्तरीय शिक्षा, ब्याचलरसम्म अध्ययन सुविधा, सडक र पुल निर्माण, मुस्ताङ–डोल्पा तथा मुस्ताङ–मनाङ सडकमार्ग, जलवायु सङ्कट न्यूनीकरण र स्वास्थ्य पूर्वाधार विस्तारजस्ता प्रतिबद्धता अघि सारिएका छन् ।

अलपत्र विकास आयोजना अघि बढाउने, युवा उद्यमशीलता प्रवर्द्धन गर्ने, पर्यटन पूर्वाधार विस्तार गर्ने तथा भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि उम्मेदवारहरूले जनाएका छन् । २०३० सालमा नापी हुन छुटेका जग्गाको पुनः नापनक्सा गर्ने विषय पनि उठाइएको छ ।

विसं २०७९ सम्म एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको यस जिल्लामा यसपटक चार दलबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेपाली कांग्रेस, एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धामा देखिएका छन् । उज्यालो नेपाल र राप्रपाले पनि चुनौती दिने अनुमान गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवाली ले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । मतदान केन्द्रमा खटिने कर्मचारी व्यवस्थापन, तालिम र कार्यविभाजनका काम सम्पन्न भइसकेका छन् ।

निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको छ । नेपाल प्रहरीका ५०१ र सशस्त्र प्रहरीका २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । नेपाली सेनाले माथिल्लो र तल्लो मुस्ताङमा सुरक्षा बेस क्याम्प स्थापना गरी गस्ती बढाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय