२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

देशको सरकारी ऋण साढे २८ खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले माघ मसान्तसम्मको प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब चार करोड रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ८४ अर्ब ९३ करोडले बढेर २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको जनाएको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत बराबर हो।

हाल तिर्न बाँकी कुल ऋणमध्ये १३ खर्ब ४९ अर्ब १३ करोड आन्तरिक ऋण छ भने १५ खर्ब नौ अर्ब ८४ करोड बाह्य ऋण रहेको छ। कुल सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

सरकारले यस आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। माघ मसान्तसम्म दुई खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ उठिसकेको छ, जुन वार्षिक लक्ष्यको ४२ दशमलव ८९ प्रतिशत हो।

आन्तरिक ऋणतर्फ तीन खर्ब ६२ अर्ब उठाउने लक्ष्य रहेकोमा दुई खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ। अब एक खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ उठाउन बाँकी छ।

बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य राखिएको थियो। हालसम्म ३७ अर्ब ८१ करोड रुपैयाँ मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत हो। अझै एक खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ।

सरकारले यस वर्ष ऋणको साँवा र ब्याज भुक्तानीका लागि चार खर्ब ११ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ। माघ मसान्तसम्म दुई खर्ब तीन अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको ४९ दशमलव ५५ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनका आधारमा हालसम्मको ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत पुगेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय