२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आज काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहको घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम गर्दै गर्दा उता  काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनालेनै सामूहिक रुपमा पार्टीबाट राजीनामा दिएका छन्।

राजीनामा पत्रमा उनीहरूले प्रतिनिधि सभा उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता भएको आरोप लगाएका छन्। साथै, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहना राख्दै पार्टीले स्थानीय गतिविधिबाट आघात पुर्‍याएको उल्लेख गर्दै आजैबाट राजीनामा दिएको जानकारी दिएका छन्।

राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्य समिप घले र कवि थापा मगर रहेका छन्।

साथै, वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाईं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी पनि सामेल छन्।

यसअघि प्रतिनिधि सभा सदस्य रहिसकेका प्रणय राणाले पनि राजीनामा दिई नेपाली कांग्रेस प्रवेश गरेका थिए। १४ जना पनि राणा निकट मानिएका छन्। यस घटनाले निर्वाचन नजिकिँदै गर्दा रास्वपालाई उपत्यकामा  थप चुनौती थप्ने देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय