२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा इजरायलले हवाई आक्रमण गरेको छ। शनिबार बिहान ती क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र हवाई आक्रमणसम्बन्धी चेतावनी सायरन बजाइएको जनाइएको छ।

इजरायली रक्षा बलले इरानमाथि गरिएको आक्रमणलाई ‘पूर्वसावधानी स्वरूपको हमला’ भएको जनाएको छ। आक्रमणपछि इरानले देशभरका सबै उडान स्थगित गर्दै आफ्नो आकाश मार्ग खाली गराएको छ। यता इजरायलमा पनि हवाई आक्रमणको चेतावनी सायरन बजाइएपछि संवेदनशील क्षेत्र खाली गराइएको छ भने नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो आक्रमण अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको दाबी गरिएको छ। सो क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको कार्यालय नजिक समेत हमला भएको जनाइएको छ। घटनापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ सैन्य अभियानलाई ‘लायन्स रोर’ नाम दिइएको छ, जसको नामकरण प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गरेका हुन्।

इरान र अमेरिकाबीच आणविक कार्यक्रमलाई लिएर वार्ता चलिरहेका बेला उक्त आक्रमण भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कारबाहीको चेतावनी दिएका थिए भने अमेरिकाले आफ्ना नागरिकलाई इजरायल छाड्न समेत आग्रह गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय