२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले आज आइतबार काठमाडौँ उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ। ती सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दिउँसो १ बजे काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुरमा चुनावी सभा आयोजना गरिएको छ। उक्त सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्। काठमाडौँ १० मा कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।

दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने सभालाई उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका छ। भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ।

त्यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्नेछन्। उक्त क्षेत्रमा युवा नेता कबिर शर्मा उम्मेदवार छन्।

दिउँसो ३ बजे काठमाडौँ क्षेत्र नम्बर ७ को बालाजु चोकमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ। यस क्षेत्रमा युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेका छन्।

दिउँसो ३ः३० बजे काठमाडौँ क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा आयोजना हुनेछ। काठमाडौँ ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौँ ६ मा जिल्ला सभापति सबुज बानिया उम्मेदवार छन्। उक्त संयुक्त सभालाई पनि सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्।

दिउँसो ४ बजे काठमाडौँ क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने चुनावी सभामा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तालिका रहेको छ। काठमाडौँ ४ मा कांग्रेसले क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय