२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली कांग्रेसले लामो बहसपछि नियमित महाधिवेशन र निर्वाचन अभियान सँगसँगै अघि बढाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना गर्ने कार्यतालिका समेत तय गरेको छ।

पार्टीभित्र संस्थापन र अन्य पक्षबीच महाधिवेशनको मिति र प्रकारको विषयमा डेढ महिनादेखि बहस चल्दै आएको थियो। महासचिव विश्वप्रकाश शर्माले, “महाधिवेशनसँगै निर्वाचन अभियान पनि सञ्चालन गर्दै कांग्रेसले गाउँ–नगर तहदेखि सदस्यहरूसम्म सन्देश पुर्‍याउनेछ। यसले पार्टीलाई नयाँ बनाउने र जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नेछ,” बताएका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने निर्णय समेत गरेको छ। महाधिवेशन कार्यतालिकाअनुसार मंसिर २० भित्र नयाँ क्रियाशील सदस्यता फारम वितरण हुनेछ भने २४ भित्र वडादेखि केन्द्रसम्म फारम पुर्‍याइनेछ।

पार्टीले आगामी पुस १५ देखि २४ सम्म गाउँ/नगर, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै उम्मेदवार चयन र सिफारिसको प्रक्रिया सम्पन्न गर्ने योजना बनाएको छ। साथै, माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र प्रत्यक्ष तथा समानुपातिक प्रतिनिधि निर्वाचनतर्फ उम्मेदवारको नाम प्रस्ताव गर्ने प्रक्रिया पनि तय गरिएको छ।

सभापति खड्काले भने, “सहमतिको प्रक्रियाबाट पार्टी एकढिक्का भएको सन्देश गएको छ। वर्तमान चुनौती सामना गर्दै सबै राजनीतिक दलसँग संवाद र समन्वयका माध्यमबाट कांग्रेसले नेतृत्व गर्ने क्षमता देखाउन प्रतिबद्ध छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय