२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले लामो बहसपछि नियमित महाधिवेशन र निर्वाचन अभियान सँगसँगै अघि बढाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना गर्ने कार्यतालिका समेत तय गरेको छ।

पार्टीभित्र संस्थापन र अन्य पक्षबीच महाधिवेशनको मिति र प्रकारको विषयमा डेढ महिनादेखि बहस चल्दै आएको थियो। महासचिव विश्वप्रकाश शर्माले, “महाधिवेशनसँगै निर्वाचन अभियान पनि सञ्चालन गर्दै कांग्रेसले गाउँ–नगर तहदेखि सदस्यहरूसम्म सन्देश पुर्‍याउनेछ। यसले पार्टीलाई नयाँ बनाउने र जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर मिल्नेछ,” बताएका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप्ने निर्णय समेत गरेको छ। महाधिवेशन कार्यतालिकाअनुसार मंसिर २० भित्र नयाँ क्रियाशील सदस्यता फारम वितरण हुनेछ भने २४ भित्र वडादेखि केन्द्रसम्म फारम पुर्‍याइनेछ।

पार्टीले आगामी पुस १५ देखि २४ सम्म गाउँ/नगर, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै उम्मेदवार चयन र सिफारिसको प्रक्रिया सम्पन्न गर्ने योजना बनाएको छ। साथै, माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र प्रत्यक्ष तथा समानुपातिक प्रतिनिधि निर्वाचनतर्फ उम्मेदवारको नाम प्रस्ताव गर्ने प्रक्रिया पनि तय गरिएको छ।

सभापति खड्काले भने, “सहमतिको प्रक्रियाबाट पार्टी एकढिक्का भएको सन्देश गएको छ। वर्तमान चुनौती सामना गर्दै सबै राजनीतिक दलसँग संवाद र समन्वयका माध्यमबाट कांग्रेसले नेतृत्व गर्ने क्षमता देखाउन प्रतिबद्ध छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय