२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई केवल सरकार परिवर्तन वा संसद् भर्ने प्रक्रियामात्र नभई देशका लागि दीर्घकालीन राजनीतिक निकास दिने अवसरका रूपमा लिनुपर्ने बताएको छ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माले सोमबार सानेपास्थित पार्टी कार्यालय बिपीनगरमा आयोजित पत्रकार सम्मेलनमा मतदान सकिएपछि मतपेटिका खोल्नु अघि सबै राजनीतिक दलहरू राष्ट्रिय संवादमा बस्नुपर्ने बताएका छन्। उनले निर्वाचनको परिणाम जे आए पनि दलहरूले त्यसलाई स्वीकार गर्ने वातावरण बनाउन राष्ट्रिय संवाद आवश्यक रहेको धारणा राखे।

शर्माले जेन–जी आन्दोलनपछिको सुधार र कांग्रेसभित्र गरिएको आन्तरिक सुधारको चर्चा गर्दै कांग्रेसले निर्वाचनमा भाग लिएकाले देशमा परिवर्तन र विकासको जिम्मेवारी आफूहरूको भएको बताए। उनले सातै प्रदेशमा भएका चुनावी सभाले पार्टीमा ऊर्जा थपेको र विभिन्न दलका हजारौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जानकारी दिए।

पत्रकार सम्मेलनमा उपसभापति शर्माले सात बुँदे आग्रह पनि सार्वजनिक गरेका छन्।

उनले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलले सक्रिय भूमिका खेल्नुपर्ने बताए। निर्वाचन आयोग र सरकारलाई निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह गरे। मतदातालाई संयमित रूपमा मतदान गर्न प्रेरित गर्नुपर्ने उल्लेख गरे। सञ्चारमाध्यमले मौन अवधिमा भ्रम फैलिने खालका सूचना नदिनुपर्ने बताए। सामाजिक सञ्जालमार्फत सही सूचना प्रवाह गर्न आग्रह गरे। निर्वाचन क्षेत्रभरि कांग्रेसका नेता–कार्यकर्तालाई एकता र ऊर्जासाथ सक्रिय हुन आह्वान गरे। साथै मतदानपछि राष्ट्रिय संवादमार्फत आलोपालो प्रणाली सुधार गरी देशको दीर्घकालीन निकास सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय