२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व चौथो दिनमा प्रवेश गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न इच्छुक रहे पनि अब ढिलो भइसकेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानको रक्षा प्रणाली र नेतृत्व संरचना लगभग ध्वस्त भइसकेको दाबी गरेका छन्। उनले इरानको एयर डिफेन्स, एयर फोर्स र नेवी ठूलो क्षतिमा परेको बताएका छन्। यसअघि आइतबार भने उनले इरानी नेताहरूसँग वार्ताका लागि आफू तयार रहेको संकेत दिएका थिए। यसबाट अमेरिकी धारणा र रणनीतिबारे मिश्रित सन्देश गएको विश्लेषण गरिएको छ।

उता, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले इरानसँग वार्ता गर्ने तयारी गरेका छन्। मध्यपूर्व क्षेत्रमा भइरहेको आक्रमण रोक्ने र बढ्दो तनाव कम गर्ने उद्देश्यले कूटनीतिक पहल अघि बढाइएको जनाइएको छ।

पुटिनले साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र कतारका अमिर शेख तमीम बिन हमद अल थानीसँग टेलिफोन वार्ता गरिसकेका छन्। दुवै नेताले जारी द्वन्द्वका गम्भीर परिणामबारे चिन्ता व्यक्त गर्दै तनाव घटाउन कूटनीतिक प्रयास आवश्यक रहेको धारणा राखेका छन्।

लगातार चर्किँदै गएको यस द्वन्द्वले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनाएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र वार्ताको मार्ग रोज्न आह्वान गरिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय