२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शनालाई सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले बधाई दिएका छन् ।

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाले १५,४५५ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन् । यसै क्षेत्रबाट कांग्रेसका उम्मेदवार प्रबल थापाले ६,३६४ मत ल्याएका भने राप्रपाका मिश्रले ३,९७२ मत प्राप्त गरेका छन् ।

यो निर्वाचन क्षेत्रबाट राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र लगातार तेस्रोपटक पराजित भएका हुन् । एमालेका मोहनराज रेग्मीले १,६१८ मत प्राप्त गरेका छन् ।

रञ्जु दर्शनाले जित हासिल गरेपछि मिश्रले सामाजिक सञ्जालमा लेख्दै बधाई दिएका छन् : “सम्भवत: मैले १०/११ वर्षअघि तपाईंको यही फोटो भएको लेख सेयर गर्दै तपाईंप्रति प्रशंसा र आशा व्यक्त गरेको थिएँ । आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय