प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । योगेश गौचन थकालीले ३ हजार ३०७ मतसहित जित हासिल गरेका हुन् ।
यस्तै, कांग्रेसले अन्य पाँच स्थानमा अग्रता कायम राखेको छ । ललितपुर–१ मा उदयशम्शेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र रसुवामा मोहन आचार्य अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी कैलाली–१ मा जनकराज चौधरी र सुर्खेत–२ मा नारायणकुमार कोइराला अग्रता लिइरहेका छन् ।

