२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा कास्कीका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

कास्की–१ मा अहिलेसम्म १९,६१३ मत गणना भइसकेको छ। यसमा रास्वपा उम्मेदवार गनेस पौडेलले ८,१३५ मत पाएका छन्। नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले ४,८३९ मत पाएका छन् भने नेपाली कांग्रेसका तिलक रानाभाटले ४,३६४ मत पाएका छन्।

कास्की–२ मा रास्वपा उम्मेदवार उत्तम पौडेलले १९,७१७ मत पाएका छन् र अग्रता कायम राखेका छन्। एमालेकी रश्मी आचार्यले ५,४९१ मत पाएकी छन् भने नेपाली कांग्रेसका माधव बाँस्तोलाले ३,१३२ मत पाएका छन्।

कास्की–३ मा रास्वपा उम्मेदवार बिना गुरुङले २१,१०१ मत पाएकी छन् र फराकिलो अग्रता कायम राखेकी छिन्। यसै क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङले ८,९२४ मत पाएका छन् भने नेकपा एमालेका दामोदर पौडेलले ४,७८७ मत पाएका छन्।

कास्की–३ मा कुल १,०७,५६० मतदाता रहेकोमा अहिलेसम्म ६५,४०७ मत खसेको छ।

मतगणना जारी छ र अन्तिम नतिजा आउन बाँकी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय