२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि |

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईले पराजय स्वीकार गरेका छन्।

भट्टराईले मतदाताको विश्वास जित्न नसकेको स्वीकार गर्दै विजयोन्मुख उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमलाई  जसले हालसम्म २१,८५४ मत पाएका छन् उनलाई भट्टराईले  बधाई दिएका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ६,४७१ मत प्राप्त गरेका छन् भने एमालेका राजन भट्टराईले ५,०२९ मत पाएका छन्।

भट्टराईले निर्वाचनमा सहयोग, समर्थन र साथ दिएका पार्टी कार्यकर्ता, समर्थक र जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।

यो क्षेत्रबाट गगन थापा सर्लाही–४ मा पराजित भए पनि भट्टराई तेस्रो पटक यही क्षेत्रबाट चुनावी मैदानमा उत्रेका थिए। यसपटक उनी रास्वपा का पुकार बमसँग पराजित भए र निकटतम् प्रतिद्वन्द्वी पनि हुन सकेनन्।

भट्टराईले राजनीतिमा पराजय अन्तिम सत्य नभएको उल्लेख गर्दै यसलाई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसरका रूपमा लिने बताए। साथै उनले आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय सार्वजनिक गर्दै मतदातालाई जानकारी दिएका छन्।

उनले भने, “आत्मसमीक्षा, सुधार र जनतासँगको सम्बन्ध सुदृढ पार्दै भविष्यमा विश्वास जित्ने प्रयास जारी राख्नेछु।”

मतगणना अनुसार काठमाडौं–४ मा रास्वपा का पुकार बमले फराकिलो अग्रता कायम राखेका छन्, जसले यस क्षेत्रको मतान्तर स्पष्ट देखाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय