२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी विजयी भएका छन्। उनले ४१ हजार २०० मत प्राप्त गर्दै सहज जीत हात पारेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९ मतसहित दोस्रो स्थानमा रहे। यस्तै, जनता समाजवादी पार्टी, नेपालका सन्जुसाह कानुले ७ हजार ५९३ मत पाएका छन् भने नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले २ हजार ६७ मत पाएका छन्।

रहबर अन्सारी पछिल्लो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र छोडेर रास्वपामा प्रवेश गरेका थिए। उनी माओवादीबाट मधेश प्रदेश सांसद हुँदा गत कात्तिकमा संसद्मै आफैंलाई मोसो दल्ने निर्णय गर्दै विद्रोह गरेका थिए। त्यसपछि उनले पार्टीसँग सम्बन्ध विच्छेद गरेका थिए।

गत २४ पुसमा उनले माओवादी केन्द्रको सदस्यता राजीनामा दिएर पार्टी छोडेको घोषणा गरेका थिए। उनी मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल सरकारको समर्थनमा भए पनि रोष्ट्रमबाटै विद्रोह गरेर चर्चामा आएका थिए। उनका विद्रोहका कारण माओवादीसँगै केही प्रदेश सांसदले विश्वासको मत नदिने घोषणा गरेका थिए।

यसपटक रहबर अन्सारी रास्वपामा प्रवेश गरी संघीय संसद्को यात्रा तय गर्दै बारा–४ बाट फराकिलो मतान्तरले विजयी भएका हुन्। उता, तनहुँ छाडेर २०७९ मा एकीकृत समाजवादीबाट बारा–४ मा जितेका किसान यस पटक पराजित भएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय