२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ |

सामाजिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित “आशिका दिदी” का रूपमा परिचित आशिका तामाङ धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा फराकिलो अग्रतासहित अघि रहेकी छन्।

पछिल्लो अपडेट अनुसार बेलुका ४:०० बजेसम्म गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका तथा सिद्धलेक गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भएको छ।

हालसम्मको मत परिणाम अनुसार आशिका तामाङले प्रतिस्पर्धी उम्मेदवारहरूलाई निकै पछि पार्दै अग्रता कायम राखेकी छन्।

हालसम्मको मत परिणाम:

  • आशिका तामाङ – २६,२५४ मत

  • राजेन्द्र प्रसाद पाण्डे – १२,१९६ मत

  • भूमि प्रसाद त्रिपाठी – ११,६७६ मत

  • कृष्ण रिजाल – ७,१६६ मत

हाल आशिका तामाङले १४,०५८ मतको अग्रता बनाएकी छन्।

१४ हजारभन्दा बढी मतको फराकिलो अग्रतासहित उनी विजयतर्फ बलियो रूपमा अघि बढिरहेकी छन्। मतगणना जारी रहँदा समर्थकहरू ठूलो मतान्तरका कारण उत्साहित देखिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय