२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ |

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्यका लागि आफ्नो दल तयार रहेको बताएका छन्।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभेच्छुकहरुलाई सम्बोधन गर्दै पुनले सुशासन, आर्थिक विकास र सामाजिक न्यायजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका हुन्।

उनले प्रचण्ड नेतृत्वको १८ महिनाको सरकारले सुरु गरेको सुशासन अभियान निरन्तरता पाउनुपर्ने उल्लेख गर्दै भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितेको छ। म उहाँहरुलाई बधाई र शुभकामना दिन चाहन्छु। हामीले प्रचण्ड नेतृत्वको सरकारमा सुरु गरेको सुशासनको अभियानलाई पूर्णता दिनुपर्नेछ। आर्थिक वृद्धि, समृद्धि र सामाजिक न्यायको एजेण्डामा मिलेर काम गरौं। मुलुकको हितसँग सम्बन्धित सबै विषयमा रास्वपासँग सहकार्य गर्न तयार छौं।”

पुनले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा रहेको र यसलाई रक्षा गर्न परिपक्व कूटनीति आवश्यक रहेको बताउँदै भने, “विश्व राजनीति त्यति सजिलो छैन। देशको अस्तित्व रक्षा र सुदृढ गर्नका लागि असाध्यै राम्रो र परिपक्व ढंगले कूटनीतिक सम्बन्ध सञ्चालन गर्नुपर्नेछ। कतैतिर ढल्किएर हाम्रो देशको स्वाधीनता सम्भव छैन। त्यसैले हामीले अन्तर्राष्ट्रिय भूराजनीतिक द्वन्द्व र तानातानीलाई ख्याल गर्दै राष्ट्रियतालाई सुदृढ गर्नुपर्नेछ।”

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ र पुराना राजनीतिक दलहरु मिलेर काम गर्नुपर्ने र जनताका आकांक्षालाई सम्बोधन गर्न तथा संविधान र व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै मिलेर अघि बढ्नुपर्ने औंल्याए।

अर्को प्रसंगमा उनले जनप्रतिनिधिका रुपमा रोल्पा र रोल्पाली जनताका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई मत दिने र नदिने, तथा पार्टीभित्र र बाहिरका सबैलाई समान व्यवहार हुने बताए। जिल्लाको विकासका लागि नेतृत्व र पहल लिने प्रतिबद्धता पुनले व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय