२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान र आत्मनिर्भरताको कथा समेट्दै फिल्म ‘टीका’ बन्ने भएको छ। फिल्म निर्माणको घोषणा टिमले नयाँ थिम पोस्टर सार्वजनिक गर्दै गरेको हो।

पोस्टरमा ‘टीका’ रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ, जसले फिल्ममा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गरेको निर्देशक शंकर कार्कीले बताए।

फिल्मको कथा चन्दन झा र निर्देशक कार्कीको संयुक्त रहेको छ भने पटकथा रामकुमार श्रेष्ठले लेखेका छन्।

फिल्ममा अभिनेता महेश त्रिपाठी, अभिनेत्री ऋचा शर्मा, वर्षा शिवाकोटी, हाँस्य कलाकार निर्मल शर्मा र बाल कलाकार आयुशी ढकाल अनुबन्धित भइसकेका छन्। अन्य कलाकार र प्राविधिक छनोटको चरणमा रहेको फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीले जानकारी दिए।

फिल्म भविष्य खड्का फिल्मस् को प्रस्तुति र थर्ड आइ आर्ट्सको सहकार्यमा बन्नेछ। फिल्मकी निर्मात्री भविष्य खड्का हुन्, जो चर्चित फिल्म ‘जेरी अन टप’की निर्मात्री हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय