२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अंकले घटेर दुई हजार ८४३ दशमलव ३५ बिन्दुमा कायम भएको छ। यो एक दशमलव ११ प्रतिशतको गिरावट हो।

मंगलबार ३२९ कम्पनीका पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर दुई करोड पाँच लाख ६११ पटक खरिद–बिक्री हुँदा कुल २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा जीवन बिमा समूह ०.५१ प्रतिशत, म्युचुअल फन्ड १.३४ प्रतिशत र निर्जीवन बिमा समूह ०.४७ प्रतिशतले बढेका छन्। तर अन्य सबै समूहका उपसूचक घटेका छन्।

बैंकिङ समूह १.२७ प्रतिशत, विकास बैंक १.१६ प्रतिशत, वित्त २.०६ प्रतिशत, होटल तथा पर्यटन १.८५ प्रतिशत, जलविद्युत् १.४५ प्रतिशत र लगानी समूह १.४८ प्रतिशतले घटेका छन्। उत्पादन तथा प्रशोधन १.८२ प्रतिशत, लघुवित्त ०.१७ प्रतिशत, व्यापार २.१२ प्रतिशत र अन्य समूह १.४० प्रतिशतले घटेका छन्।

आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेड को सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ।

कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेड को एक अर्ब नौ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको २४ लाख नौ हजार ९८९ कित्ता सेयर कारोबार भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय