२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा सहभागी धेरैजसो दलले न्यूनतम मत सीमा कटाउन सकेनन्। निर्वाचन आयोग का अनुसार यसपटक निर्वाचनमा भाग लिएका ५७ दलमध्ये ५१ दलले थ्रेसहोल्ड पार गर्न सकेनन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित ५७ दल प्रतिस्पर्धामा रहेका थिए। तर हालसम्मको परिणामअनुसार केवल ६ दलले मात्र संसद्मा प्रतिनिधित्व पाउने अवस्था बनेको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दललाई मात्रै सिट बाँडफाँट गरिने कानुनी व्यवस्था रहेको छ।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसी का अनुसार देशलाई एकै निर्वाचन क्षेत्र मानेर दललाई मत दिने व्यवस्था रहेको छ। दलले प्राप्त गरेको कुल मतको अनुपातमा त्यस दलका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने व्यवस्था रहेको उनले बताए।

समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ सदर मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ।

त्यसपछि नेपाली कांग्रेस ले १७ लाख ४९ हजार ५८३ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख ४ हजार ८५४ मत, नेपाल कम्युनिष्ट पार्टी ले ८ लाख ५ हजार ७७३ मत प्राप्त गरेका छन्।

यसैगरी श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४७२ मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेका छन्।

आयोगका अनुसार यी बाहेक अन्य सबै दलले न्यूनतम मत सीमा कटाउन नसकेका छन्। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट प्राप्त गर्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिइने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय