२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौंडा–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ०६ः१० बजे हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि टेलर चालक स्टेरिङमा च्यापिएको अवस्थामा फेला परे। स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पठाइएको थियो। टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेका चालकलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक गोबिन्द चौधरी सर्लाहीको बरहथवा–१५ पिपराभिट्टा घर भई हाल पर्सा, वीरगञ्ज–२ छपकैयामा बस्दै आएका ३८ वर्षीय व्यक्ति रहेको खुलेको छ। ट्रक चालक धनेश्वर चौधरी, चितवनको खैरेनी–९ बस्ने ४२ वर्षीय व्यक्ति, सकुशल रहेका छन् र उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नेवारपानीमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटीका अनुसार, अविरल वर्षापछि लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय