२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जनमत पार्टीका अध्यक्ष सिके राउतले अब संसदीय चुनाव नलड्ने बताएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि उनले संसदीय राजनीतिबाट टाढा रहने घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले आफू अब कुनै पनि संसदीय चुनावमा सहभागी नहुने स्पष्ट पारेका छन्। तर राजनीतिबाट भने टाढा नहुने र संघर्षको राजनीति जारी राख्ने उनको भनाइ छ। उनले पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व गर्दै अगाडि बढ्ने पनि बताएका छन्।

राउतले यसअघि दुई पटक व्यक्तिगत इच्छाविपरीत संसदीय चुनाव लडेको दाबी गरेका छन्। ‘दुईपटक व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु,’ उनले लेखेका छन्।

उनका अनुसार २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’ लाई सरकारले काम गर्न नदिएपछि पार्टी खोल्ने निर्णय गरिएको थियो। त्यसपछि साथीहरूको आग्रहका कारण आफू नै जनमत पार्टीको अध्यक्ष बन्नुपरेको उनले बताएका छन्।

यसपटक भने आफू चुनाव नलड्ने सोच बनाएको उनले उल्लेख गरेका छन्। सप्तरी–१ र सप्तरी–२ का लागि उम्मेदवार खोज्दा अन्तिम समयसम्म अन्य उम्मेदवारलाई अघि सार्ने प्रयास गरिएको उनले बताएका छन्। तर पार्टीका नेता तथा समर्थकहरूको आग्रहपछि अन्तिम समयमा आफू उम्मेदवार बनेको राउतले बताएका छन्।

उनले आफू चुनाव नलडेको भए पार्टीका उम्मेदवार र कार्यकर्ताको मनोबल घट्ने र त्यसको दोष आफूमाथि आउने अवस्था बन्ने भएकाले अन्ततः उम्मेदवार बन्नु परेको उल्लेख गरेका छन्।

अब भने संसदीय पदको राजनीतिबाट टाढा रहने उनले स्पष्ट पारेका छन्। तर राजनीतिमा सक्रिय रहँदै आफ्नो सिद्धान्त र एजेन्डालाई अगाडि बढाउने तथा जनताको अधिकार र पहिचानका लागि निरन्तर संघर्ष गर्ने उनले बताएका छन्।

साथै, उनले जनमत पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले आफू सधैं जनताको बीचमा रहने र अधिकारको लडाइँमा साथ दिने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय