२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सांसदहरूको अभिमुखिकरण कार्यक्रममा गरेको वक्तव्यले पार्टीले आगामी निर्वाचनमा प्रतिपक्षविहीन संसदीय व्यवस्था स्थापना गर्ने योजना बनाएको हो भन्ने विषयमा गम्म्भिर प्रश्न उठाएको छ ।

मंगलबार सुरु भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै उपसभापति अर्यालले आगामी पाँच वर्षमा रास्वपालाई मात्र मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने छ।” यस वक्तव्यले प्रतिनिधि सभामा बहुदलीय प्रतिपक्षको परम्परागत भूमिका र लोकतान्त्रिक सन्तुलनबारे प्रश्न खडा गरेको छ।

अर्यालले उक्त लक्ष्य हासिल गर्न भाषण वा सीमित नेताहरूको प्रयास पर्याप्त नहुने भएकाले सबै सांसदले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने छ। उनले आगामी सरकारले सुशासन स्थापित गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

उपसभापति अर्यालले निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले अझै जित्न बाँकी रहेको उल्लेख गर्दै , “हामीले देशले जित्नेगरी र दूरदराजका सबै नेपाली नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्छ। यसमा हाम्रो लगनशीलता र क्षमता राष्ट्रहितमा समर्पित हुनुपर्छ।” उनले सांसदहरूलाई आन्तरिक द्वन्द्व, खिचातानी र व्यक्तिगत राजनीति परेसी राख्न आग्रह गर्दै, “अब इतिहास लेख्ने सुनौलो अवसर आएको छ, यसलाई सदुपयोग गर्न नसके आफैंलाई माफ गर्न गाह्रो हुनेछ,” बताए ।

सामाजिक संजालमा  अर्यालको वक्तव्यलाई दलको सत्तामुखी रणनीति र लोकतान्त्रिक सन्तुलनमाथि सम्भावित दबावको संकेतको रूपमा हेरेका छन्। बहुदलीय संसदीय प्रणालीमा प्रतिपक्षको भूमिका संसदमा सरकारको कामको निगरानी र लोकतान्त्रिक कार्यप्रणाली कायम राख्न अत्यावश्यक मानिन्छ। उपसभापति अर्यालको यस वक्तव्यले भविष्यमा रास्वपाको नीति प्रतिपक्षको अवस्थानमाथि कसरी असर पार्नेछ भन्ने प्रश्न उठाएको छ।

संसदीय लोकतन्त्रमा प्रतिपक्षको भूमिका केवल आलोचना र विरोधमा सीमित हुँदैन। यो सरकारको कामको निगरानी, नीति निर्माणमा सन्तुलन र लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन अनिवार्य हुन्छ। यदि प्रतिपक्ष नरह्यो भने, सरकारको निगरानी, नीति निर्माणमा विविध आवाज र नागरिकको हितको रक्षा कमजोर पर्न सक्छ। संसदलाई ‘वाचडग’को भूमिकामा राख्नु लोकतन्त्रको आधारभूत सुरक्षा हो तर अर्यालले भनेझैँ आफ्नो पार्टीको सत्तामुखी रणनीतिले प्रतिपक्षलाई कमजोर बनाउने उद्देश्य देखिन्छ। यसले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासमा असर पार्न सक्छ।

अर्यालको वक्तव्यले नेपालको संसदीय लोकतन्त्रमा प्रतिपक्षको भूमिका, नीति निर्माणको सन्तुलन र लोकतान्त्रिक निगरानीलाई चुनौती दिने संकेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय