२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम)को चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेवा करारको म्याद थप गर्ने क्रममा घुस लेनदेन गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार नगर प्रमुख वादीले विगत आठ वर्षदेखि करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर शाहको म्याद थप गरिदिएबापत एक लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ। शाहले नगर प्रमुखको बैंक खातामा उक्त रकम जम्मा गरेको भौचरसहित उजुरी दिएपछि आयोगले यसबारे अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा घुस लेनदेन भएको पुष्टि भएपछि आयोगले नगर प्रमुख वादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको हो। आयोगले वादीबाट एक लाख रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। साथै, उनी सार्वजनिक पदमा रहेका नगर प्रमुख भएकाले ऐनको दफा २४ अनुसार थप सजायको माग पनि गरिएको छ।

यस्तै, घुस दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनअनुसार बिगो एक लाख रुपैयाँ कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय