२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूबाट लेबीबापत आगामी पाँच वर्षमा झन्डै १६ करोड ३८ लाख रुपैयाँ संकलन गर्ने भएको छ।

पार्टीको निर्णयअनुसार प्रत्येक सांसदले मासिक १५ हजार रुपैयाँ लेबी तिर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन्। यसअनुसार मासिक २७ लाख ३० हजार रुपैयाँ संकलन हुने देखिन्छ।

यो रकम वार्षिक रूपमा तीन करोड २७ लाख ६० हजार रुपैयाँ पुग्नेछ भने पाँच वर्षमा कुल १६ करोड ३८ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

अघिल्लो कार्यकालमा भने रास्वपाले प्रतिसांसद मासिक २५ हजार रुपैयाँ लेबी उठाउँदै आएको थियो। साथै स्वकीय सचिवबाट पनि मासिक दुई हजार पाँच सय रुपैयाँ उठाइन्थ्यो।

पछि लेबी धेरै भएको भन्दै आलोचना भएपछि त्यसलाई परिमार्जन गरिएको थियो। नयाँ व्यवस्थाअनुसार प्रतिसांसद १५ हजार रुपैयाँ र स्वकीय सचिवबाट १ हजार ५ सय रुपैयाँ लेबी तोकिएको थियो। तर स्वकीय सचिवको लेबीसमेत सांसदहरूले नै तिर्ने गरी कुल १६ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो।

यसबीच सरकारले असोज ८ गते राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख तथा मन्त्रीबाहेक अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।

रास्वपाबाट मन्त्री बनेका नेताहरूले भने मासिक ३० हजार रुपैयाँ लेबी तिर्नुपर्ने व्यवस्था गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय