२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अमेरिकाले यसको विद्युत् प्रणालीमा हमला गरे  इरानले गल्फ क्षेत्रका ऊर्जा र पानीका पूर्वाधारमा प्रतिशोधी कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम आज समाप्त हुँदैछ, जसले हर्मुज नहर बन्द हुने, क्षेत्रीय तनाव बढ्ने र विश्व बजारमा असर पर्ने जोखिम बढाएको छ।

इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सले पूर्ण प्रतिशोधको संकेत दिँदै हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द हुने चेतावनी जारी गरेको छ। साथै, अमेरिकी लगानी भएका कम्पनी र अमेरिकी सैनिक अड्डा राख्ने देशहरू पनि प्रत्यक्ष जोखिममा पर्ने उल्लेख गरिएको छ। यसले साउदी अरब, कतार, यूएई, बहराइन र कुवेतलाई सिधै जोखिममा राखेको छ।

गार्ड्सको अनुसार, “हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द हुनेछ र हाम्रो क्षतिग्रस्त विद्युत् प्रणाली पुनर्निर्माण नभएसम्म खुल्ने छैन।” चेतावनी दिएको छ ।

डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा , “यदि इरानले हर्मुज स्ट्रेट पूर्ण रूपमा र सुरक्षित रूपमा खोल्दैन भने, अमेरिका यसका सबै प्रमुख विद्युत् प्लान्टहरूलाई पहिलो प्राथमिकतामा नष्ट गर्ने।” बताएका छन् ।

इरानी सेनाका प्रवक्ता इब्राहिम जोल्फाकारले पनि यदि इरानमाथि कुनै हमला भएमा गल्फ क्षेत्रमा अमेरिकी र साझेदार देशका ऊर्जा, सूचना प्रविधि र पानी आपूर्तिका पूर्वाधार लक्ष्य हुने चेतावनी दिएका छन् ।

गल्फ देशहरू प्रायः बिजुलीको सहायताले पानी प्रशोधन मा निर्भर छन्। बहराइन र कतारमा लगभग सबै पेयजल, यूएई र साउदी अरबमा अधिकांश पेयजल यही प्रणालीबाट प्राप्त हुन्छ, जसले यी देशहरुलाई असुरक्षित बनाएको छ।

इरान–इजरायल–अमेरिका संघर्षले पहिले नै सक्रिय सैन्य आदान–प्रदान गरिसकेको छ। इजरायलमा एयर रेड सायरन बजेका थिए र अराड र डिमोना क्षेत्रमा घाइतेको रिपोर्ट प्राप्त भएको थियो। इजरायलले पछि तेहरानमा प्रतिशोधी हमला गरेको पुष्टि गरेको छ।

अब पश्चिम एसियामा संकट  झनै गहिरिँदै गएको छ। इरानले लामो दूरीका ब्यालिस्टिक मिसाइलहरू भारतीय महासागरस्थित अमेरिकी–ब्रिटिश अड्डातर्फ प्रहार गरेको छ र डिमोना नजिकैको इजरायली नाभिकीय क्षेत्रतर्फ पनि हमला गरेको छ।

अन्य  क्षेत्रमा पनि इजरायल र हिजबुल्लाहबीच युद्ध तीव्र भएको छ। इजरायली सेनाले दक्षिण लेबननमा अपरेशन जारी राखेको छ भने हिजबुल्लाहले उत्तर इजरायलमा लगातार रकेट आक्रमण गरीरहेको  छ। दुबै पक्षमा हजारौं जनाको मृत्यु रिपोर्ट गरिएको छ।

अब सैन्य तनावसँगै आर्थिक प्रभाव पनि गहिरो हुने छ। तेल बजारमा मूल्य वृद्धि भईसकेको छ भने  ढुवानी मार्ग पनि  अवरुद्ध छ विश्लेषकहरूले  यो अस्थिरता बढ्ने चेतावनी दिएका छन्। एक  विश्लेषक टोनी साइकामोरका अनुसार, “राष्ट्रपति ट्रम्पको चेतावनीले बजारमा ४८ घण्टे उच्च अनिश्चितताको समय बम राखेको छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय