२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिने व्यक्ति नै सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार कृष्णप्रसाद जैसीलाई धनुष बचत तथा ऋण सहकारी ठगीमा पक्राउ गरेको हो। प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार, धनुष सहकारी ठगीबारे गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले उजुरी गरेपछि छानबिनका क्रममा जैसी पक्राउ परेका हुन्।

गत वर्षको छानबिनमा धनुष सहकारीबाट १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको थियो। सोही प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको थियो। जैसी पक्राउ परेपछि अन्य चार जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

रास्वपा सभापति लामिछानेसहितका अन्य व्यक्ति विरुद्ध उजुरी दिएका जैसी नै सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेको घटनाले चर्चामा आएको छ। सूर्यदर्शन सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमार्फत हिनामिना भएको पाइएको थियो। यस प्रकरणमा लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय