२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

रास्वपा सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको यो मुद्दाको सुनुवाइ पछिल्ला केही दिनदेखि निरन्तर रूपमा चलिरहेको छ।

यसअघि मंगलबार रिट निवेदकको तर्फबाट बहस सकिएको थियो। आज महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलहरू जवाफी बहसमा उत्रिने कार्यक्रम रहेको छ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेको हकमा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि व्यापक आलोचना भएपछि २ माघमा अन्य सबै आरोपितहरूको हकमा पनि अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको थियो।

यस मुद्दासम्बन्धी निर्णयका कागजातहरू सर्वोच्च अदालतले यसअघि नै महान्यायाधिवक्ता कार्यालयबाट मगाइसकेको छ।

लगातार सुनुवाइ भइरहेकाले आजै फैसला आउने हो कि भन्ने चासो बढेको छ। तर, इजलासले बहस सकिएपछि मात्र निर्णय दिने भएकाले आजै फैसला आउने वा नआउनेबारे स्पष्ट भइसकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय